प्यूठान । लायन्स क्लब अफ प्यूठान फुलबारीले प्यूठान नगरपालिका-१ खैरामा नि:शुल्क आँखा शिविर संचालन गरेको छ । नेपाल नेत्रज्योति संघ (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) प्यूठानको प्राबिधिक सहयोगमा फुलबारी एकीकृत ग्रामीण बिकास सस्था खैराको परिसरमा शिबिर आयोजना गरिएको हो ।
शिबिरमा २०२ जनाले सेवा लिएको लायन्स क्लब अफ प्यूठान फुलबारीका तिला बुढाथोकीले बताउनुभयो । शिबिरमा जाँच गरेका मध्ये ६ जनालाई उपचारको लागि भैरहवा आँखा अस्पताल रिफर गरिएको छ भने १३ जनालाई सल्यक्रियाका लागि प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा जेठ २९ गते हुने शिबिरका लागि रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख बिष्णु बहादुर योगिले लायन्स क्लबको आफ्नै ईतिहास रहेकाले सामाजिक संस्थाले गरेका सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले बिपन्न नगरबासिहरुका जुन सुकै उमेरमा पनि आँखा उपचार सेवा पाउने गरि कार्यबिधी निर्माण गरि सेवा सरल र प्रभाबकारी बनाउन नगरपालिकाले आवश्यक तयारी गरेको बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल प्यूठानका अध्यक्ष लक्ष्मी प्रकाश राजभन्डारीले आँखा मानव शरिरको संबेदनशिल अंग भएकाले नियमित आँखा जाँच गर्नुपर्नेमा जोड दिनुभयो । समय समयमा बच्चा अवस्था देखि नै आँखा जाचमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
शिबिर संचालन गर्न फुलबारी एकीकृत ग्रामीण बिकास सस्था, बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था र फुलबारी सामुदायिक सिकाइ केन्द्रले सहकार्य गरेका थिए ।
लायन्स क्लब अफ प्युठान फुलबारीका अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षतामा भएको शिबिरको उद्घाटनमा प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिको प्रमुख आतिथ्यता रहेको थियो । फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाका अध्यक्ष छन्द बहादुर बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।




S.K. Creative Media Group