प्यूठान । नेकपा (एमाले) प्यूठानले गणतन्त्र दिवसको अवसरमा अपांगता भएका बालबालिकालाई स्टेसनरी सामाग्री बितरण गरेको छ । शारीरिक अपांगता आवास गृह खलंगामा रहेका बालबालिकालाई स्टेसनरी सामाग्री बितरण गरेको हो ।
कार्यक्रममा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टले अहिलेको ब्यबस्थाले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको बताउनुभयो । तानाशाही राजतन्त्रको अन्त्यपछि प्राप्त गणतन्त्रमा सबै नागरिकको हक अधिकार संविधानमा सुनिस्चित भएको उल्लेख गर्नुभयो ।
सामाजिक कार्य प्रति अरुलाई उत्प्रेरित गर्नका लागि एमालेले अपांगता भएका बालबालिकालाई सहयोग उपलब्ध गराएको बताउनुभयो ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा एमाले प्यूठानका उप-सचिब ईश्वरा आचार्यले गर्नुभएको थियो ।





S.K. Creative Media Group