प्यूठान । सशस्त्र प्रहरी बल नेपाल,आश्रित गुल्म प्यूठानले स्थापना दिवसकाे अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । गुल्म आफ्नो १३ औ स्थापना दिवसको अबसर पारी प्यूठान नगरपालिका ३ स्थिति शिद्दभुमी प्राथमिक बिधालय घुर्चौने र शिव मन्दिर बाल विकास केन्द्रका विद्यार्थीलाई साेमबार शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।
प्यूठान नगरपालिका ३ नम्बर वडा कार्यालयको समन्वयमा शिद्दभुमी प्राथमिक बिधालयका २२ जना र शिव मन्दिर बाल विकास केन्द्रका ९ जना गरी ३१ जना बिद्यार्थीलाई झाेला सहित स्टेसनरी साथै बिद्यालयकाे लागि आवश्यक केही खेलकुद तथा शैक्षिक सामाग्रीहरु उपलब्ध गराएको सशस्त्र प्रहरी नायव उपरीक्षक (गुल्मपती) रोहित बहादुर घिमिरेले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तरगत पढाईप्रती बालबालिकालाई उत्प्रेरित गराउदै बिद्यालयकाे शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्धेश्यका साथ शैक्षिक सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।
शैक्षिक सामाग्रीले बिद्यार्थीको पढाइका साथै विद्यालयको शैक्षिक गुणस्तरमा समेत थप टेवा पुग्ने विद्यालका प्रध्यानाध्यापककाे भनाइ छ । गुल्मले विद्यालमा शैक्षिक सामाग्री उपलब्ध गराई रचनात्मक कार्यका साथ स्थापना दिवस मनाउन लागेकाे भन्दै दुबै विद्यालयले धन्यवाद दिएका छन् । शैक्षिक सामाग्री पाएपछि बिद्यार्थी खुसी भएका छन् ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष सुमराज श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, बिद्यार्थी अभिभावक लगायतको उपस्थिति रहेको थियाे ।
गुल्मले स्थापना दिवसको अवसरमा सप्ताब्यापी रुपमा विभिन्न कार्यक्रम गरेकाे छ । जेठ १४ गते प्यूठान नगरपालिका ३ बतासेडाँडामा रहेकाे शिवालय मन्दिर परिसर सरसफाइ, १५ गते गुल्म परिसरमा वृक्षारोपण, जेठ १६ गते रक्तसंञ्चार बिजुवारमा रक्तदान, १८ गते शारदा मावि साँपडाँडामा बाढि पहिराे लगायत विपद प्रतिकार्य तथा पुर्व तयारी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे गुल्मपती घिमिरेले बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल,आश्रित गुल्म प्यूठानले जेठ २३ गते १३ औ स्थापना दिवस मनाउदै छ ।




S.K. Creative Media Group