प्यूठान । बर्द बहादुर गण खलंगा प्यूठानमा सञ्चालन भएको ४४ औं सैन्य आधार तालिम सम्पन्न भएको छ । शुक्रबार सदरमुकाम खलंगा स्थित टुँडिखेलमा एक समारोहका बीच तालिम समापन गरिएको हो ।
नौ महिनाको उक्त तालिम पुरा गरेर एक सय चार जनाले नेपाली सेनामा सेवा प्रवेश गरेका छन् । उनीहरुले अन्तिम दलिल कवज प्रर्दशन गरेका थिए । तालिम अवधिमा विभिन्न विधामा उत्कृष्ट हुने व्यक्तिलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी मध्यपश्चिम पृतना हेडक्वाटरका चिप अफ अफ स्टाफ सहायक रथी शक्तिजंग बस्नेत रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group