प्युठान । झिमरुक गाउँपालिका-२, वादीकोटमा देउराली सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रमका बिच उद्घाटन गरेर सेवा प्रारम्भ गरिएको छ । आइतबार सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गरेर सेवा प्रारम्भ गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष महतरा क्षेत्रीले नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकार लागि परेको बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी र सडकको पहुँचमा ल्याउन स्थानीय सरकारले आफ्नो प्राथमिकतामा राखेर काम गर्दै आएकोले जनतालाई थप सहज पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साबिक बादिकोट-७ र मदाने गाउँपालिकाका केही वडाका स्थानीय नागरिकलाई प्राथमिक स्वास्थ्य उपचारका लागि बादिकोट स्वास्थ्य चौकीमा पुग्नुपर्ने बाध्यता भएको भन्दै नवनिर्मित स्वास्थ्य इकाईबाट उक्त क्षेत्रका स्थानीयलाई उपचारको लागी राहत पुग्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य जस्ता महत्त्वपूर्ण विषयमा नागरिक बञ्चित हुन् नपरोस् भन्दै स्थानिय सरकार सदैव जनताको पक्षमा काम गर्दै आएको अध्यक्ष एमसीले बताउनुभयो।
स्थानीय जनतालाई स्वास्थ्य चौकी सम्म पुगेर स्वास्थ्य उपचार गर्न टाढा भएको र जनताको माग अनुसार सामुदायिक भवनबाट आज बाट उपचार सेवा प्रारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवा जनताको अधिकार भएकोले सर्वसुलभ सेवा दिन लागिएको बताउनुभयो ।
झिमरुक गाउँपालिका-२ का वडा अध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा जनप्रतिनिधि, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि जिसी, बादिकोट स्वास्थ्य चौकी प्रमुख कमल पोख्रेल, वडा तथा स्वास्थ्य चौकीका कर्मचारी लगायत स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।





S.K. Creative Media Group