काठमाडौं । प्यूठानका सिद्धिमणि सुवेदी दुई दिनदेखि काठमाडौंको कपनबाट बेपत्ता हुनुभएको छ । प्यूठान नगरपालिका-४ टारी स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ स्थित कपनमा बस्दै आउनुभएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेर खोजिकार्यमा सहयोग गर्न अनुरोध गरेका थिए । उहाँ बुधबार बिहान करिब साढे ९ बजे घरबाट निस्कुएको बताइएको छ । त्यसपछि उहाँ परिवारको सम्पर्कमा अझैसम्म नआएको परिवारको भनाइ छ । उहाँ लामो समय प्यूठान अस्पताल बिजुवारमा कार्यरत हुनुहुन्थ्यो ।
घरबाट निस्किंदा उहाँले निलो र सेतो बुट्टा भएको सर्ट, हरियो (मेहेन्दी) रङको हाफपाइन्ट र निलो ‘fila’ लेखेको चप्पल लगाउनु भएको बताइएको छ ।
आफन्तका अनुसार उहाँलाई बिर्सिने रोग छ । प्रहरीले सम्पर्क बिहिन सुवेदीलाई जोकसैले फेला पार्नुभएमा मोबाइल नम्बर ९८६११४३१६५/ ९८५१०७८०७५ तथा नजिकको प्रहरीलाई खबर गरिदिन भनेको छ ।



S.K. Creative Media Group