प्यूठान । सरस्वती सामुदायिक सिकाई केन्द्रको छैटौँ साधारणसभा तथा सामाजिक परीक्षण सप्पन्न भएको छ । ॐ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा बिहिवार कार्यक्रम सम्पन्न भएको हो

कार्यक्रममा प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले पछिल्लो समय मानिसहरूमा पुस्तक पढ्ने बानी हराउँदै गएको भन्दै पठन संस्कृतीको बिकासका लागि सामुदायिक सिकाई केन्द्रले सहयोग पुग्ने बताउनुभयो । उहाँले यस्ता सिकाई केन्द्रको बारेमा ब्यापक प्रचार प्रसार आवश्यक रहेको बताउनुभयो ।

सिकाई केन्द्रका सदस्य विष्णु पौडेलले स्वागत मन्तब्य राख्दै पालिकामा २ वटा सिकाई केन्द्र रहेको जानकारी गराउनुभयो । सिकाई केन्द्रको बिधान अनुसार बिभिन्न गतिविधि संचालन गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष बिजय कुमार श्रेष्ठले सिकाई केन्द्रले सामाजिक क्षेत्रमा उत्प्रेरित गर्न सहयोग गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ठाकुर आचार्यले सिकाई केन्द्रको लागि संघीय सरकार र गाउँपालिकाले अनुदान उपलब्ध गराउने गरेको बताउनुभयो ।

कार्यक्रममा सदस्य सचिब निर्जला कर्माचार्यले प्रगति प्रतिबेदन र कोषाध्यक्ष भगवती श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सिकाई केन्द्रका अध्यक्ष सुवासचन्द्र लवटको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठको विषेश आतिथ्यता थियो । कार्यक्रममा संस्थाका आजिवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय