प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकामा घरमा हुने प्रसुती शुन्य भएको छ । पालिकाभित्र सवै स्वास्थ्य संस्थामा घरमा हुने सुत्केरी शुन्य बनेपछि पालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा गरिएको छ ।

शनिबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि उक्त घोषणा गरिएको हो । पालिका भित्र सात वटा बर्थिङ सेन्टर स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०७९/०८० मा ३३४ जना, २०८०/०८१ मा २८३ जना र २०८१/०८२ मा २९५ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको बताउनुभयो । २०७९ असार २४ गते नारिकोट, असार २५ गते खुङ, २०८१ असार २५ गते पुँजा, २०८२ जेठ २० गते लिवाङ, जेठ २१ गते रजवारा र २२ गते अर्खाका दुई वटा वडालाई पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा गरिएको थियो ।

गौमुखी पूर्ण संस्थागत प्रसुतीयुक्त दोस्रो पालिका बनेको छ । यसअघि जिल्लाकै माण्डवी गाउँपालिका पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय