प्युठान । जिल्लाको झिमरुक गाउँपालिकामा युवायुवतीहरुको लागि उद्घोषण तालिम सुरु भएको छ । झिमरुक गाउँपालिका-१ सौतामारेको आयाेजनामा युवायुवतीलाई उद्घोषण कला सम्बन्धी तालिम सुरु भएकाे हो।

शुक्रबारदेखि जिल्लाकाे झिमरुक गाउँपालिका -१, को सभाहलमा शुरू भएकाे तालिम तीन दिनसम्म चल्ने छ। तालिमको मंगलबार समपन हुनेछ ।पत्रकारिता प्रती युवायुवतीलाई जोड्न यो तालिम फलदायी हुने अपेक्षा पालिकाले लिएको छ। तालिममा साबिक वडाका १२ युवायुवतीको सहभागीता रहेको छ ।

तालिममा बोल्ने कला (उद्घोषण), डिजिटल माध्यम प्रयोग समाचार संकलन, लेखन, प्रस्तुति र नयाँ प्रविधिबारे प्रशिक्षण दिइने तालिम प्रशिक्षक प्रजोल पहाडीले जानकारी दिनुभयो ।

उहाँहरूले पत्रकारितामा समाचारको स्रोत तथ्य जाँच, सामग्रीको व्यवस्थापन, बोल्ने लेख्ने कला, सामाजिक सञ्जालको सदुपयोगलगायत विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक दुबै तरिकाले गरिने उहाँले बताउनुभयो ।

तालिममा सिकेका सीप व्यवहारमा लागू गर्दै समाजमा हुने हरेक विकृतिको विरुद्ध लाग्न युवायुवतीलाई वडा सदस्य शंकरप्रसाद पोख्रेलले सुझाव दिनुभयो । मिडियाको भुमिका महत्वपूर्ण भएको भन्दै पोख्रेलले जिम्मेवार भएर सीप सिकेर कलम चलाउन आग्रह गर्नुभयो ।

झिमरुक गाउँपालिका वडा नम्बर १ का वडा सदस्य शंकरप्रसाद पोख्रेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमकाे सञ्चालन वडा सचिब प्रकाश जिसीले गर्नुभएकाे थियाे । कार्यक्रममा वडा सदस्य कर्मचारी लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय