प्यूठान । झिमरुक गाउँपालिकालाई आईपास नेपाल र सुरक्षीत मातृत्व संजाल महासंघ नेपालले विपद सामाग्री हस्तान्तरण गरेको छ । सोमबार सुरक्षीत मातृत्व संजाल महासंघ नेपालका कार्यक्रम अधिकृत वीर बहादुर बोहराले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई २ लाख ४ सय ९७ रुपैयाँको विपद सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
२० एमएमको पोलिथिन पाइप १२ सय मिटर, त्रिपाल १५ थान, ग्याबिन जाली २० थान र स्थानीय अनुकुलन कार्ययोजना २० थान एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विपद्का सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेकोमा आईपास नेपाल र सुरक्षीत मातृत्व संजाल महासंघ नेपाल लाई धन्यवाद दिनुका साथै आगामी दिनमा कार्यक्रम लाई सधैं सहयोग रहने बताउनुभयो । संस्थाले हस्तान्तरण गरेको विपद सामाग्री खास विपद पीडितको पहिचान गरि वितरण गरिने बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्थाले विपदको क्षेत्रमा समेत सामाग्री हस्तान्तरण गर्नु सकारात्मक कर्य भएको बताउनुभयो । संस्थाले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिकता तथा जलवायु परिवर्तनका क्षेत्र सँगसँगै विपदजन्य घटनाको क्षेत्रमा समेत सहयोग गर्दै आएको बताउनुभयो ।
संस्थाले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिकता तथा जलवायु परिवर्तनकाको नौवटा विषयमा समुदाय स्तरमा काम गर्दै आएको छ । झिमरुक गाउँपालिका भित्रका ३, ४, ५, ६ र ७ वडाका बस्तिहरुमा सामुदायिक अगुवा मार्फत कार्यक्रम र वडा नम्बर १, २ र ८ वडाका बस्तीमा किशोर किशोरी कार्यक्रम गर्दै आएको कार्यक्रमको सामाजिक परिचालन सीता पोख्रेलले जानकारी दिनुभयो ।



S.K. Creative Media Group