प्यूठान । झिमरुक गाउँपालिका वडा नम्वर १ मा तिनदिने उद्घोषण कला सम्वन्धी तालिम मंगलवार सम्पन्न गरिएको छ । वडामा रहेका युवायुवतिलाई लक्षित गरी तालिम संचालन गरीएको हो ।
झिमरुक गाउँपालिका वडा नम्वर १ को आयोजनामा सम्पन्न तालिममा स्थानीय १२ जना युवायुवतीको सहभागीता रहेको थियो । तालिममा उद्घोषण के हो ?,उद्घोषण गर्दा आवश्यक पर्ने ज्ञान तथा शिप,ध्यान दिनुपर्ने विषय उद्घोषकमा हुनुपर्ने गुण तथा कुशल उद्घोषक बन्नका लागि अपरिहार्य विषयहरुका विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिम समापन समारोह तथा प्रमाणपत्र हस्तान्त्रण कार्यक्रममा बोल्दै वडा अध्यक्ष धु्रवराज खनालले तालिममा सिकेका विषयवस्तुलाई व्यवहारमा परिणत गर्न सहभागीलाई आग्रह गर्नुभयो । युवाहरुको क्षमता अभिवृद्धिलाई ध्यान दिदै तालिम आयोजना गरीएको बताउँदै उहाँले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेमात्रै तालिमको उपयोगिता हुने बताउँनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका सचिव बासुदेव गिरीले तालिममा सिकेका शिपलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो । उहाँले स्थानीय सरकारले पत्रकारको सीप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय सञ्चार संस्थाको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । आगामी बजेटमा मिडियामैत्री नीति र कार्यक्रम समावेश गरि नागरिकलाई सूचनाको पहुँच, पत्रकारिताको गुणस्तर र सुदृढीकरणका लागि स्थानीय सरकारले दीर्घकालीन योजना र दृष्टिकोण बनाउनु पर्नेमा बताउनुभयो ।
यस्तै वडा सदस्य शंकर प्रसाद पोख्रेलले तालिमले युवाहरुको नेतृत्व विकासमा सहयोग पुग्ने बताउँनु भयो । आईतवार देखि संचालन भएको तालिमको सहजिकरण पत्रकार प्रज्वल पहाडी र बासुदेव गिरीले गर्नुभएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।




S.K. Creative Media Group