प्यूठान । जिल्लामा भएका मानवअधिकार उल्लंघनका घटनाहरुको विषयमा समीक्षा गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा घटनाहरुको अर्धवार्षिक समीक्षा गरिएको हो ।
इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्ने र त्यसका लागि जिल्लामा भएका मानवअधिकार उल्लंघनका घटनाहरु समावेश हुने गरेको इन्सेक प्रतिनिधि रविन्द्र पाण्डेले बताउनुभयो । वर्षमा दुई पटक जिल्लामा भएका घटनाहरुको सरोकारवालासँग छलफल गरेर समीक्षा गर्ने गरिएको उहाँले बताउनुभयो । अंग्रेजी वर्ष अनुसार सन् २०२५ जनवरीदेखी जुनसम्मको घटनाहरुको अर्धवार्षिक समीक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले राज्यले मानवअधिकार रक्षाको लागि आफ्नो तर्फबाट भूमिका खेल्दै आएको बताउँदै कहि कतै कमजोरी भए औल्याउन आग्रह गर्नुभयो । उहाँले मानवअधिकार रक्षाका लागि राज्यका निकाय र मानवअधिकारको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले मानव अधिकार उल्लंघनका कारणको खोजी गरि निरुपण गर्न तर्फ पनि लाग्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा विभिन्न मानवअधिकारसँग सम्वन्धित क्षेत्रका प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिती थियो । इन्सेक जिल्ला प्रतिनिधि रबिन्द्र पाण्डेले घटना विवरण प्रस्तुत गर्नुभएको थियो ।




S.K. Creative Media Group