प्यूठान । स्थानीय स्काउट समिति प्यूठान नगरपालिकाकाे आयाेजना तथा प्यूठान नगरपालिकाकाे आर्थिक सहयोगमा आधारभुत स्काउट तालिम आज देखि जनता माध्यमिक विद्यालय बाग्दुलामा सुरु भएको छ ।
नेपाल स्काउटको ७४ औं स्थापना दिबशकाे अबसर पारि बिहिवार तालिम उद्घाटन गरिएको हो । स्थानीय स्काउट समितिका अध्यक्ष दिल बहादुर दसौंदिकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सि. काे प्रमुख आतिथ्यता, स्थानीय स्काउट समितिका संरक्षक एवं प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगीओ विशेष आतिथ्यता थियो ।
नेपाल सरकारकाे हरेक स्कुलमा स्काउट शिक्षा भन्ने नीति अनुसार प्यूठान नगरपालिकाका माध्यमिक, आधारभुत विद्यालयका शिक्षकलाई पहिलो चरणमा याे तालिम सञ्चालन गरिएको छ ।
कार्यक्रमको सञ्चालन प्रदेश समिति सदस्य हरि प्रसाद घिमिरे र स्वागत मन्तव्य सहायक काेर्ष लिडर तथा लुम्बिनी प्रदेश स्काउट शैक्षिक पद्धति आयुक्त खुमाकान्त अधिकारीले गर्नुभएको थियाे । नगरपालिका भित्रका १९ जना शिक्षककाे तालिममा सहभागीता छ । तालिमकाे काेर्ष लिडरकाे रुपमा प्रमाेद सिग्देल रहनुभएकाे छ । तालिम ५ रात ६ दिन सम्म चल्ने छ ।





S.K. Creative Media Group