प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आफ्नो छुट्टै लोगो सार्वजनिक गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । धेरैले लोगो तयार गरि पेश गरेको भएपनि झिमरुक गाउँपालिका- ५ मच्छी बस्ने सृजना पौडेलले तयार गरेको लोगो उत्कृष्ट भएको छ । बैठकमा उत्कृष्ट लोगो तयार गर्ने पौडेललाई सम्मान समेत गरिएको छ ।

शुक्रबार लोगो सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकाको पहिचान झल्काउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको जानकारी दिनुभयो। झिमरुक गाउँपालिकाले कार्यालयको कार्यसम्पादनमा प्रयोग गर्ने कागजपत्रमा लोगो प्रयोग हुने उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक गरिएको लोगोको दायाँबायाँ साइडमा शान्तिको प्रतीक आठवटा परेवा, राष्ट्रिय फुल लालिगुँरास, झिमरुक र गर्तनखोला आसपास कृषि योग्य जनिम ढाँडा रक गार्डेन, इस्ना: भगवती मन्दिर ओखरकोट बादिकोट खड्क देवता मन्दिर सहित पर्यटन प्रवर्द्धन,पर्यावरणीय महत्व हरियाली प्राकृतिक सौन्दर्य, धार्मिक सास्कृतिक आध्यात्मिक, परम्परा मुल्य मान्यता, रितिरिबाज संस्कृति, प्रशासनिक सिमा भौगोलिक पहिचान, फलफुल अन्नबाली कृषि फाट लगायत पालिकाको हिचान झल्काउने विषयवस्तु समावेश गरि लाेगाे तयार गरिएकाे गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय