प्यूठान । नौबहिनीमा किटजन्य रोग सम्बन्धि अभिमुखिकरण एवं बजार सरसफाइ कार्यक्रम सप्पन्न भएको छ ।
नौबहिनी गाउँपालिकामा किटजन्य रोग (औलो, कालाजार र डेंगु) अभिमुखिकरण तथा बजार क्षेत्र सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नौबहिनी क्षेत्र भित्रका जनप्रतिनिधि, विद्यालय, उद्योग, होटल, रेडक्रस, सुरक्षाकर्मी, स्वास्थ्य चौकी लगायत अन्य संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई औलो, कालाजार र डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम भएको हो ।
यो समय किटजन्य रोग संक्रमणकालिन समय भएकोले रोग नियन्त्रणका लागि भनेर बजार क्षेत्र अनुगमन तथा जथाभावी फालिएका फोहोरलाई व्यवस्थित गरि खाडल अथवा निश्चित क्षेत्रमा फाल्न समेत आग्रह गरेको छ ।
नौबहिनी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले कार्यक्रमले आम नागरिकमा सचेतता हुने भएकाले सबैलाई सु-सुचित गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले गर्नुभएको थियो भने बरिस्ठ कविराज निरीक्षक विष्णु थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।



S.K. Creative Media Group