प्यूठान । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा प्यूठानबाट ४८.८५ प्रतिशत परीक्षार्थी ग्रेडेड (उत्र्तिण) भएका छन । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जिल्लाको पुरा नतिजा निकाल्ने क्रममा रहेको बताउनुभयो ।
शुक्रबार राती ११ बजे परीक्षा बोर्डले नतिजा पठाएको बताउँदै उहाँले आज बेलुकासम्म जिल्लाको विद्यालयगत विवरण सहित नतिजा विश्लेषण गरिने जानकारी दिनुभयो ।



S.K. Creative Media Group