प्युठान । झिमरुक गाउँपालिका-२ स्थित सर्वोदय माध्यमिक विद्यालय गडेरपानिको यसपटकको सामुदायिक बिद्यालय तर्फ एसइईको नतिजामा जिल्लामै पहिलो भएको छ। एसइई परीक्षा २०८१ को नतिजामा सर्वोदय माध्यमिक विद्यालय गडेरपानिले ९५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण बनाउदै जिल्लामा उक्त विद्यालय प्रथम भएको हो।

गतवर्ष सन्तोषजनक नतिजा हासिल गर्न नसकेको बिद्यालयले यसपटक भने एसइईमा २४ विद्यार्थी सहभागी भएकामध्य २३ जना उत्तीर्ण भएका हुन।

आइतबार गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बधाई तथा शुभकामना दिनुहुँदै सफल हुने सम्पुर्ण विद्यार्थीलाई थप प्रगतिको कामना व्यक्त गर्नुभयो । आइतबार एक बिज्ञप्ति जारी गर्नुहुदै अध्यक्ष एमसीले पालिकामा यस शैक्षिकसत्रमा राम्रो नतिजा हासिल गर्न सफल भएकोले शिक्षक, शिक्षिका, बिद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतलाई सरोकारवाला सबैलाई बधाई दिनुभएको छ । सामुदायिक बिद्यालय तर्फ सर्वोदय माध्यमिक बिद्यालय झिमरुक-२ गडेरेपानी जिल्ला मै पहिलो, लक्ष्मी माद्यामिक बिधालय झिमरुक-४ तेस्रो र बाकी सबै बिद्यालयले सन्तोषजनक नतिजा हासिल गर्नुले शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय