सुजल श्रेष्ठ
प्यूठान । ऐरावती गाउँपालिका–२ बरौलाका अजय जिसीले अहिले चिकित्सा शिक्षा अन्तर्गत एमविविएस अध्ययन गर्दै हुनुहुन्छ । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा तेस्रो वर्षमा अध्ययनरत जिसिलाई एमविविएस पढ्न ऐरावती गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ल्याएको नीति तथा कार्यक्रम अन्र्तगत छात्रवृत्तिका लागि जिसी छनौट हुनुभएको हो ।

यो वर्ष जिसीको अध्ययनका लागि १३ लाख रुपियाँ उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बताउनुभयो । विहीबार गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जिसीको आमा बसन्तालाई चेक प्रदान गर्नुभएको हो । गाउँपालिकाले उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि ३० लाख रुपियाँ बजेट विनियोजन भएको विश्वकर्माले बताउनुभयो ।

गाउँपालिका भित्र तीन वर्षसम्म नेपाल सरकारको सुविधामा रहनेगरी काम गर्ने समझमदारी भएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । गाउँपालिकाका नागरिकलाई चिकित्सकीय सुविधा दिने उदेश्य सहित विपन्न नागरिकलाई उच्च शिक्षा हासिल गर्न गाउँपालिकाले सहयोग गर्ने योजना बनाएको अध्यक्ष शाहले बताउनुभयो । अहिले पनि पालिकाले एमविविएस डाक्टर राखेर पालिकाका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएको उहाँको भनाई छ ।

त्यसैगरी गौमुखी गाउँपालिकाले पहिलो पटक एमविविएस, इन्जििनियर र स्टाफ नर्सक पढ्ने अति विपन्न विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रम बनाएको हो । आर्थिक वर्ष २०७८।०७९ देखि हालसम्म निरन्तर पालिकाले उक्त कार्यक्रमको लागि बजेट विनियोजन गर्दै आएको छ । यद्यपि अहिलेसम्म कसैले उक्त सुविधा नलिएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभयो ।

“हामीले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भनेका छौं,” उहाँले भन्नुभयो,“दुई वर्ष पालिकामा बसेर सेवा दिनुपर्ने प्रावधान छ ।” उक्त छात्रवृत्तिको लागि बनाएको कार्यविधिमा विपन्न परिवारको व्यक्ति उल्लेख गरिएको उहाँको भनाई छ । “सरकारी जागिर भएको, पेन्सन भएको परिवारका सदस्यले उक्त सविधान पाउँदैनन ।” उहाँले भन्नुभयो । गाउँपालिकाले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष गिरीले बताउनभुयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय