प्यूठान । झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईइ) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गर्नुभएको छ ।
पोखरेलले प्रत्येक विद्यार्थीलाई नगद ४ हजार ररुपियाँ, सम्मानपत्र र खादाले सम्मान गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
झिमरुक गाउँपालिका-७ स्थित सत्य माध्यमिक विद्यालयका सुजल जिसी, सोही विद्यालयका सुमन महतरा र झिमरुक गाउँपालिका-३स्थित प्रभात माध्यमिक विद्यालयका अन्जु एमसीलाई उपाध्यक्ष पोख्रेलले ब्यक्तिगत रुपमा सम्मान गर्नुभएको हो ।
उपाध्यक्ष पोखरेलले पढ्ने इच्छा र साहस भएका तर आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई सकेसम्म छात्रवृत्तिको व्यवस्था गरिदिन आफु प्रयासरत रहने बताउनुभयो । ती बालबालिकालाई जसरी भए पनि पढाउने वातावरण बनाउने बताउनुभयो ।
सत्य मा.वि.का शिक्षक हेमन्त पोखरेलले सम्मानप्रति आभार प्रकट गर्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि सबैको साझा जिम्मेवारी भएकाले राजनैतिक नेतृत्वदेखि अभिभावक, शिक्षक र समाजसेवीहरू मिलेर लागे मात्र उत्कृष्ट परिणाम सम्भव हुने बताउनुभयो ।
सम्मानित विद्यार्थी अन्जु एम.सी.ले सम्मान पाएपछि हर्षित हुँदै यो सम्मानले अझ राम्रो पढ्न हौसला दिएको बताउनुभयो ।



S.K. Creative Media Group