तौलिहवा (कपिलवस्तु) । काठमाडौँबाट दाङ आउदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटनामा परेको छ । आइतबार बिहान ४ बजेतिर भएको बस दुर्घटनामा परी २६ जना यात्रु घाइते भएको कपिलवस्तु प्रहरीले जनाएको हो।

काठमाडौँदेखि दाङ जाँदै गरेको लु.प्र ०२००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्ध भूमि नगरपालिका-९ को चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको वेलनदी नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीले जानकारी दिनुभयो । बस अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परि घाइते तीन जनको अवस्था गम्भीर रहेको छ । आइतबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो । गम्भीर घाइते तिन जनालाई थपउपचारको लागि बुटवल रिफर गरिएको छ । अन्य घाइतेको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका सल्यान बागचौर नगरपालिका- १०, बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका-१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका-११ का ३५ वर्षीय श्रीधर अधिकारीलाई बिहान सवा ५ बजेतिर बुटवल रिफर गरिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा परि घाइतेहरु रुकुम पश्चिम आठबिसकोट नगरपालिका-८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका-३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका – २ बस्ने १९ वर्षीय अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका -१८ बस्ने ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका – ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका-१० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका-३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्काको चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पताल उपचार भइरहेको छ।

त्यस्तै अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका-४ बस्ने २८ वर्षीय रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका-३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका-१ बस्ने ४३ वर्षीय भीम बहादुर बि.क, सल्यान बागचौर नगरपालिका-४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बि.क. दाङ तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका-३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका-४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका -२ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका-३ बस्ने ४२ वर्षीय रश्मि बोहरा र घोराही उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय वेद बहादुर वली रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। फोटो : प्रहरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय