प्युठान। जिल्लाको झिमरुक गाउँपालिकाले माध्यामिक शिक्षा परिक्षा (एसइई) शैक्षिकसत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ। सोमबार पालिकाको सभाहल्मा भएको कार्यक्रम नतिजामा आधारित माध्यमिक बिद्यालयहरुका प्रधानाध्यापकहरुलाई दोसल्ला र सम्मान पत्र हस्तान्तरण गरि सम्मान गरिएको हो।
पालिकाले राखेको सम्मान कार्यक्रम पालिकाका १३ वटा बिद्यालयका प्रधानाध्यापकहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थागत तर्फ गौमुखी माध्यमिक बिद्यालय झिमरुक-५ ले १० जना विद्यार्थी माध्यामिक शिक्षा परिक्षामा सामेत भएकोमा सतप्रतिशत नतिजा हासिल गरि जिल्लामै उत्कृष्ट भएको छ। सामुदायिक तर्फ सर्वोदय माध्यमिक बिद्यालय झिमरुक-२ गडेरेपानी २४ जना विद्यार्थी परिक्षामा सामेल भएकोमा २३ जना उत्तीर्ण भएर जिल्ला र पालिकामा प्रथम भएको छ । त्यस्तै लक्ष्मी माध्यमिक बिद्यालय झिमरुक-४ जिल्लामा तृतीय र पालिकामा दृतिय भएको छ। प्राभात माध्यमिक बिद्यालय झिमरुक-३ पालिका स्तरीय तृतीय भएको पालिकाले जनाएको छ । त्यस्तै प्राविधिक धारतर्फ बालशिक्षा माध्यमिक बिद्यालय झिमरुक-५ जिल्ला प्रथम भएको छ। यसअघि पालिकाले उत्कृष्ट नतिजा ल्याउने बिद्यालयका विषयगत शिक्षक,शिक्षिका र विद्यार्थीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शिक्षा क्षेत्रको नतिजामा सुधार गर्न राम्रो कार्ययोजना निर्माण गर्दै सोको सफल कार्यान्वयनले मात्र संभव भएको बताउनुभयो। उहाँले पालिकाले यो पटक नतिजामा निकै सुधार गरेको भन्दै थप सुधारको लागि कार्ययोजना अनुसार अगाडि बढ्न बिद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभयो । सामुदायिक विद्यालयल र संस्थागत विद्यालयलले शैक्षिक क्षेत्रमा जिल्लाकै उत्कृष्ट हुन सफल भएकोमा सबैलाई बधाई सहित धन्यवाद दिनुभयो ।
उहाँले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने र शिक्षालाई आम नागरिकको पहुँचमा ल्याउदै सर्बसुलभ बनाएर शिक्षाको सुनिश्चितता गर्ने गरी धेरै काम भएको बताउनुभयो। शिक्षाका हरेक विधाहरु आफैमा महत्त्वपूर्ण र उत्कृष्ट भएकाले विद्यार्थीहरुको मनोभावना, क्षमता र चाहना अनुसार शिक्षण सिकाइमा जोड दिन उहाँले आग्रह गर्नुभयो । एमसीले पछिल्लो समय देशमा रोजगारीको अवसर र भविष्य छैन भन्ने कुप्रचारको अवस्था देखिएकोले यो भ्रम हल्लामा नपरि दक्ष शैक्षिक जनशक्ति उत्पादनमा जोड दिन सबैलाई अनुरोध गर्नुभयो ।
उपाध्यक्ष प्रमोद पोख्रेलले विद्यालयको निरन्तर शैक्षिक उन्नति, विद्यार्थीको अनुशासन,अभिभावकको सहयोग र शिक्षकहरूको समर्पणकै कारण उत्कृष्ट नतिजा सम्भव भएको बताउँदै आगामी दिनहरूमा विद्यालयलाई थप व्यवस्थित गर्दै शैक्षिक हव बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सबै पक्ष नकारात्मक तरिकाले होइन सकारात्मक भएमात्र शैक्षिक सुधार गरि परिणाम राम्रो ल्याउन सकिने भएकोले सकारात्मक सोच, बोली र व्यवहार अंगाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जिल्लामा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई विश्वना बिक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । गतवर्ष रिजल्टमा १९ प्रतिशतबाट सुधार गरेर यसपटक ७६.८४ प्रतिशत आउनु निकै उपलब्धि भएको बताउनुभयो । यसपटक सामुदायिक संस्थागत बिद्यालय र प्राविधिक धारमा समेत नतिजा राम्रो भएको प्रती खुशी व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विकास केसीले नतिजामा सुधार भएको छ,तर अझै राम्रो गर्न थप मेहनत जरुरी रहेको बताउनुभयो। यस शैक्षिकसत्रमा पालिकाले लिएको लक्षको नजिक पुगेपनि थप शैक्षिक सुधारको लागि सबै बिद्यालय बिच आन्तरिक प्रतिस्पर्धा सँगसँगै विद्यार्थीको मनोबैज्ञानिक बुझेर पठनपाठनमा जोड दिनुपर्ने बताउनुभयो। शैक्षिक सुधार गर्न पालिकाले मेहनत गरेर कार्ययोजना बनायो सोही कार्ययोजनालाई मध्यनजर गर्दै बिद्यालयले समेत आफ्नो कार्ययोजना बनाएर कार्यान्वयनमा गएपछि शिक्षा थप सुधार उन्मुख भएको तर्क गर्नुभयो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख मोहन बिसी, सर्वोदय माबिका प्रधानाध्यापक लालबहादुर महतरा, चिरायु माबिका प्रधानाध्यापक सीता पोख्रेल, लक्ष्मि माबीका प्रधानाध्यापक कर्ण बहादुर जिसी लगायतले शिक्षाको समग्र सुधारमा शिक्षक,विद्यार्थी, अभिभावक र स्थानीय सरकारको सहकार्य जरुरी रहेको बताउनुभएको छ।
पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख मोहन बिसीको स्वागत रहेको थियो भने कार्यक्रमको संचालन पुष्प रानाले गर्नुभएको थियो।





S.K. Creative Media Group