प्यूठान । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा प्यूठानमा बृक्षारोपण गरिएको छ ।

सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान विजुवारको कार्यालय परिसरमा बृक्षारोपण गरिएको हो ।

नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको पार्टी सचिव इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो ।

 

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ साल बैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

१९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय