गुल्मी । धुर्कोट गाउँपालिका–५ गुल्मीमा आगलागीमा परेर एक युवतीको ज्यान गएको छ ।

आईतबार विहान करीव ३ बजेको समयमा घरमा आगलागी हुँदा ३० वर्षीया जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

एकतले कच्ची घरमा आगलागी हुँदा विकको घटनास्थलमै मृत्यु भएको थियो । मृतक विक मानसिक रुपमा अस्वस्थ हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय