बुटवल । भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव पुर्व तयारीका लागि बुटवल क्षेत्रमा बसोवास गर्ने भुतपुर्व विद्यार्थीहरुसंग शुक्रवार बुटवलमा छलफल गरेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष जीवलाल खत्रीले पुर्वी प्यूठानको प्राविधिक धारको पहिलो विद्यालय भानुभक्त मावि रहेको बताउँदै स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि बुटवलमा रहेका भुतपुर्व विद्यार्थी विच यसरी भेटघाट गरिएको बताउनुभयो ।
त्यसैगरी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोमबहादुर खत्रीले स्वर्ण महोत्सव सफल पार्न रचनात्मक सुझाव सल्लाह आवश्यक रहेको बताउनुभयो । विद्यालयका प्रार्चाय चक्रपाणी पौडेलले विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु निजामति क्षेत्र,सफल व्यवसायी तथा विभिन्न क्षेत्रमा स्थापित रहेको उल्लेख गर्दै स्वर्ण महोत्सव सफल पार्न सवै क्षेत्रबाट सहयोगका लागि अपिल गर्नुभयो ।
स्वर्ण महोत्सव सफल पार्नका लागि शिव पौडेललेको संयोजकत्वमा सदस्यहरुमा बसन्तराज पाण्डे,हिमाल पौडेल,कृष्ण पौडेल,धुव्र पौडेल,कृष्णराज पाण्डे,योगेश पौडेल,नारायण पोख्रेल,बाबुराम पौडेल,लक्ष्मण पोख्रेल रहेका छन ।
स्वर्ण महोत्सव सफल पार्नका लागि बुटवलमा रहेका पुर्व विद्यार्थीहरु आर्थिक,नैतिक तथा भौतिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।



S.K. Creative Media Group