बिबश जि.एम.

‎‎प्यूठान । जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको छ । सोमबारदेखि लगातार परेको वर्षाले मदन भण्डारी राजमार्ग अन्तर्गत झिमरुक गाउँपालिका- ४ देउरालीमा मंगलबार राति पहिरो झरेको छ । त्यस स्थानमा पहिरो झरेपछी बिहानै देखि यातायात आवतजावतमा समस्या समेत भएको स्थानीयले जानकारी दिएका छन् ।

बाटो अवरुद्ध पश्चात् झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, पालिका इन्जिनियर अशोक जिसी प्राबिधिक नगेन्द्र आचार्य, वासुदेव गिरी, वडा नम्बर ४ का वडाध्यक्ष सीतराम पोख्रेल, झिमरुक गाउँपालिका ५ मच्छीका इलाका प्रहरी कार्यालय इन्चार्ज बेगम रोकाक्षेत्री, ट्राफिक प्रहरी सन्दिप गौतम लगायत स्थानीय सहित अवरुद्ध सडकको अनुगमन गर्नुभएको थियो।

लगातारको वर्षा सँगै आएको पहिरो अबलोकन पश्चात् गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पूरा सडक खुलाउन समस्या भए गाडीहरु हिड्न मिल्ने गरि बाटो सुचारु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । बर्खाको समयमा जतिबेला पनि पहिरो जान सक्ने भन्दै अध्यक्ष महतरा क्षेत्रीले सजग रहन त्यहाँका स्थानीयलाई आग्रह समेत गर्नुभएको छ।

त्यस्तै नौबहिनी गाउँपालिका ३ र ४ जाने सडक पनि गएराती परेको पानीले अवरुद्ध गरेको छ । पहिरो पन्छाउने कार्य भइरहे पनि छिनछिनमा झरिरहेको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभएको छ । अध्यक्ष थापाका अनुसार अहिले पनि सडक पन्छाउने काम भइरहेको छ । जिल्लामा भित्री सडक पहिरोले क्षती पुगेको छ । खुलाउने काम भैरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय