प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका शैक्षिकसत्र २०८१ सालमा लिएको सामुदायिक विद्यालयहरूको कक्षा १२ को परीक्षामा जिल्लामै उत्कृष्ट भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सार्वजनिक नतिजा अनुसार झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयहरूबाट जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो ।

२०८२ बैशाख २१ गतेदेखि सञ्चालन गरेको कक्षा १२ को अन्तिम परिक्षाको मंगलबार प्रकाशित नतिजा अनुसार झिमरुक गाउँपालिका ६०.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको हो । झिमरुक गाउँपालिका-२, सर्वोदय माध्यमिक बिद्यालय गडेरेपानी पालिकामा प्रथम र जिल्लामा प्रथम भएको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका दोस्रो बलभद्र माध्यमिक बिद्यालय वडा नम्बर २ सिलिङ्गे, तृतीय सत्य माध्यमिक बिद्यालय वडा नम्बर ७ तुषारा भएको बताउनुभयो ।

पालिकामा कक्षा १२ पाँचवटा सामुदायिक बिद्यालयबाट २८८ जना विद्यार्थी परिक्षामा सामेल भएका थिए । सहभागी मध्ये १७४ जना विद्यार्थी परिक्षामा सफल भएको शाखा प्रमुख रानाले जानकारी दिनुभयो ।

मंगलबार गाउँपालिका भित्र रहेका पाँचवटा सामुदायिक माध्यमिक विद्यालयले परिक्षामा सहभागी भएका विद्यार्थीले जिल्लामै उत्कृष्ट भएको भन्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सफलताको शुभकामना दिनुभएको छ।

पालिकामा शैक्षिक गुणस्तर सुधार हुनुमा स्थानीय सरकारको भुमिका, शिक्षक, अभिभावक, बिद्यालय व्यवस्थापन समितिको अथक मेहनत र विद्यार्थीको परिश्रममा सम्भव भएको अध्यक्ष एमसीले बताउनुभयो । झिमरुकमा शैक्षिक सुधार क्रमिकरुपमा देखिएको छ । उहाँले भन्नुभयो,”थप सुधार गर्न सबैको सहकार्य अझै कसिलो बनाउनुपर्छ ।”

शैक्षिक गुणस्तरमा कडा परिश्रम गर्ने विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै यो महत्त्वपूर्ण उपलब्धिमा योगदान गर्ने सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा युवा तथा खेलकुद शाखा, शिक्षा समिति, कर्मचारी तथा जनप्रतिनिधिलाई अध्यक्ष महतरा क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले भन्नुभयो, “यस सफलताले झिमरुकको शैक्षिक प्रतिष्ठा अझै उचो बनाएको छ । उहाँले भन्नुभयो, “आगामी शैक्षिकसत्रहरूमा पनि झनै उत्कृष्ट नतिजा थप मेहनत र पहल सबैले थाल्नुपर्छ।”

झिमरुकका सामुदायिक विद्यालयहरूको नतिजा जिल्लामै अग्रस्थानमा रहेको छ। विद्यालय, विद्यार्थी र अभिभावकहरूको समन्वयपूर्ण मेहनतकै फलस्वरूप यस्तो उत्साहजनक नतिजा आएको हो।
गाउँपालिकाले भविष्यमा अझ गुणस्तरीय शिक्षा प्रवाह गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई उज्यालो भविष्यको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय