बरौला । ऐरावती गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) विच सम्झौता भएको छ । आज ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाह र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) गण्डकी प्रदेशका कार्यालय प्रमुख रमेश दाहाल बिच खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी विभिन्न आयोजनाहरु संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष,  शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।  यस चालु आर्थिक वर्ष २०८२।०८३ मा चार वटा आयोजनाहरु सम्पन्न गरिने छ । जसबाट  ३१९ वटा धारा निर्माण हुने छन् ।

उखुबारी खानेपानी आयोजना ऐरावती २, दारिमपाटा खानेपानी आयोजना ऐरावती ३, हर्नाघाट खानेपानी आयोजना ऐरावती ४
र धुवा खानेपानी आयोजना ऐरावती ४ संचालन गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय