काठमाडौँ । जेनजी पुस्ताको सोमबारको प्रदर्शनमा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार, छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश ९टिओआर० दिइएको छ । समितिले मृतक, घाइते, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका घटनाक्रमबारे विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिने बताइएको छ । छानबिन समितिको संयोजक र सदस्यहरू भने भोलिको बैठकले तय गर्ने निर्णय भएको स्रोतको भनाइ छ।

सोमबार भएको प्रदर्शनमा हालसम्म १९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ३ सय ४७ भन्दा बढी घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक रुप लिन पुग्दा उपत्यका र देशका विभिन्न ठाउँमा तनाव सिर्जना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय