
मित्र थापा
अर्खा । गौमुखी गाउँपालिका- २ अर्खामा चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ ।
गौमुखी गाउँपालिका- २ अर्खा बङ्गालेमा चट्याङ लागेर रतिमान राना बिटालुको ज्यान गएको हो । शनिबार राती करिब ९ बजे खाना खाएर मोबाईल हेरेर बसेका बेला चट्याङ लागेको थियो । ससुरालीमा गएका बेला ३१ वर्षीय रतिमानलाई चट्याङ लागेको हो ।
रतिमानको गर्भवती श्रीमती र ४ वर्षीया छोरी छन । चट्याङ लागेर रतिमानको साला २२ वर्षीय प्रेम सुनार घाइते हुनुभएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।