गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस गोरखाको टारीफाँटमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
मंगलबार बिहान बा ०१–००६ ख ४१३१ नम्बरको यात्रुबाहक बस भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो ।
घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



S.K. Creative Media Group