
प्युठान । पश्चिम नेपालको रुकुम पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार बेलुका ८ बजेर २५ मिनेटमा ४।६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प उक्त क्षेत्र सहित प्युठान, रोल्पा, अर्घाखाँची लगायत आसपासका जिल्लाहरूमा भुकम्पको धक्का महसुस गरिएको बताइएको छ। भुकम्पबाट कुनै ठुलो क्षति भएको खबर भने अहिलेसम्म आएको छैन । नेपाल भूकम्पको उच्च जोखिममा रहेको देश भएकाले भूकम्पबाट सतर्कता रहनुपर्ने आवश्यक रहेको भुकम्प विशेषज्ञहरूले बताउँदै आएका छन् ।