काठमाडौँ । एशियाली वैज्ञानिक क्षेत्रमा नवप्रवर्तन र अनुसन्धानको उज्ज्वल इतिहास बोकेको ’एशियाली वैज्ञानिक १००’ सूचीले एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना उत्कृष्ट अनुसन्धानकर्ताहरुको नाम छनोटमा गरेको छ । यस वर्ष पनि एशियाली वैज्ञानिक क्षेत्रमा उत्कृष्ट काम गरिरहेका १०० जना अनुसन्धानकर्ता, प्राध्यापक, नवप्रवर्तक अगुवाहरुको नाम सार्वजनिक गरेको हो ।

नेपालका पाँचजना मध्ये एकजना झिमरुक गाउँपालिका( ६ दहखोला जन्म भइ हाल काठमाडौं बस्ने डा। शैलेन्द्र गिरी छनोटमा पर्नुभएको छ । राप्ती इञ्जिनियरिङ कलेजका डा। गिरीले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट सूचना प्रविधि अवार्ड–२०२४ समेत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै एसियाली साइन्टिष्ट म्यागजिनले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका प्रा.डा.रेचन गुरुङ लामा र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रा.डा. तिस्ता प्रसाई जोशी, उत्कृष्ट वैज्ञानिकको सूचीमा पर्नुभएको छ ।

उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि डा।गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।
सूचना प्रविधिका क्षेत्रमा कृयाशिल डा. गिरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकको जिम्मेवारीमा काम गर्नुभएको थियो।

उत्कृष्ट वैज्ञानिकको सूचीमा छनौटमा सवैभन्दा धेरै जापानबाट १४ जना सूचिमा परेका छन् । यसैगरी नेपालबाट पाँच जना, भारतबाट १२ जना, चीनबाट ८ जना, पाकिस्तानवाट ३ जना, मलेसियाबाट १० जना, श्रीलंकाबाट २ जना, इण्डोनेसिया, थाइल्याण्ड, ताइवान, बंगलादेश र फिलिपिन्सबाट समान ४(४ जनाका दरले सूचिमा परेका छन् । यस्तै दक्षिण कोरियाबाट ८ जना, हङकङबाट ६ जना, सिंगापुरबाट ९ जना, मंगोलियाबाट २ जना र भियतनामबाट सबैभन्दा कम १ जनाको नाम सूचिमा समावेश गरिएको छ ।

सन् २०१६ देखि हरेक वर्ष एशियन साइण्टिस्ट म्यागजिनले प्रकाशिल गर्ने यो सूची यस वर्ष दशौ संस्करणमा प्रवेश गरेको छ। यो सूचीले विभिन्न वैज्ञानिक विधाहरूलाई समेटेको छ। जसमा चिकित्सा, पर्यावरण, सूचना प्रविधि, जैविक प्रविधि र जलवायु विज्ञानमा उल्लेखनीय उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मानित गर्दछ ।

एशियन साइण्टिस्ट म्यागजिनका अनुसार, यो सूचीमा समावेश हुनका लागि उम्मेदवारले अघिल्लो वर्ष राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हुनुपर्ने भनेको छ। उनीहरूले महत्वपूर्ण वैज्ञानिक खोज गरेको वा एकेडेमिया तथा उद्योगमा नेतृत्व प्रदान गरेको प्रमाणित गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय