अर्घाखाँची । अर्घाखाँचीमा यात्रु बोकेको फोर्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा सन्धिखर्क(ढोरपाटन सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिनुभयो। प्रहरीका अनुसार घटनामा अन्य २४ जना यात्रुहरु घाइते भएको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटघर भएकी १० वर्षीय अरुणा थापा र मदाने गाउँपालिका-७ नेटा खर्क घर भएका १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको डिएसपी जिसीले जानकारी दिनुभयो ।

दुर्घटना स्थलबाट प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरि अर्घाखाँची जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ । घाइतेको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये अवस्था गम्भीर भएका केहीलाई बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त सवारीसाधनमा २६ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह वस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएको जिप अनियन्त्रित भई सडक देखी अन्दाजी ६०-७० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। घाइते सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय