गुल्मी । गुल्मीको तम्घास९सिमलटारी पक्की सडकस्थित छल्दी पनाहमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सोमबार बुटवलबाट तम्घासहुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस ब्रेक फेल भएर सडकदेखि करिब ५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ईस्मा गाउँपालिका-६ अमरपुर बस्ने २१ वर्षीय नबिन महत, ३१ वर्षीय दिपक पराजुली, २२ वर्षीय रेशम भण्डारी, ७३ वर्षीय हरिकला कुमाल, ४३ वर्षीय राधिका बस्नेत, २२ वर्षीय कोपिला बस्नेत, १७ वर्षीय अनिल बस्नेत, ३३ वर्षीय सरिता कुमाल, ११ वर्षीय कृष्ण कुमाल, ३९ वर्षीय सन्तबहादुर कुमाल, ७८ वर्षीय चन्द्री कुमाल, ३ वर्षीय ईश्वर कुमाल, ३३ वर्षीय सरिता मतह, १३ वर्षीय सचिन महत घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै मालिका गाउँपालिका-६ बस्ने ३५ वर्षीय लक्ष्मी बिष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो । घाइते सबैको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरि गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ईस्मा गाउँपालिका–४ बस्ने ४४ वर्षीय चालक वीरबहादुर गुरुङले चलाएको बस घुम्तिमा अचानक ब्रेक फेल भई सडक छेउमा रहेको स्थानीय मनीष कुँवरको खाली घरमा अड्किएर रोकिएको छ। बस र घर दुवै पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। गाडी चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

फोटो : अनिता खत्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय