प्युठान । प्युठान जिल्लाको झिमरुक गाउँपालिकाको चिसावाङ्गमा फुलबारि द्बादशि मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसर परेर सरायँनाच तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

शनिबार झिमरुक गाउँपालिका-६ चिसावाङ्गको चिरायु माबिको प्राङ्गणमा फुलबारी द्बादशी मेला तथा बृहत साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिको आयोजनामा स्थानीय कला संकृतिको जगेर्ना गर्ने उदेश्यले परम्परागत सरायँनाच तथा स्थानीय साँस्कृतिक कार्यक्रम गरिएको हो ।

स्थानीय कला, सस्कृतिको जगेर्ना र प्रबर्द्धन गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएको अध्यक्ष एमसीले गाउँपालिका भित्रका भाषा, कला, साहित्य संस्कृतिको संरक्षण संवर्द्धन गर्दै यहाँका मौलिक सिर्जना र प्रतिभालाई उजागर गर्न यो कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने बताउनुभयो ।

पालिककाका सबै वडामा आन्तरिक पर्यटकीय गन्तव्य सहित विभिन्न कला, संस्कृति र परम्परा भरिपूर्ण भएकोले यस्ता कला संस्कृतिको प्रचारप्रसार र संवर्द्धन हुन नसक्दा ओझेलमा पर्दै गइरहेकाले यसलाई प्रचारप्रसार र संवर्द्धनमा जोड दिन अध्यक्ष एमसीले आग्रह गर्नुभयो । उहाँले प्रतिभाको संरक्षण मात्रै होइन कला र संस्कृतिका माध्यमबाट आन्तरिक पर्यटन र कृषिमा जोडेर स्वरोजगार बनाउदै किसानको आर्थिक उन्नतिमा वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

चिसावाङ्गमा भएको फुलबारी दशै द्वादशी मेला तथा बृहत सांस्कृतिक कार्यक्रममा सरायँ नाच प्रदर्सन सँगसँगै स्थानीय स्तरका कलाकारहरुले नृत्य प्रस्तुत समेत गरेका थियो ।

प्युठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार-जुधाएर नाच्ने परम्परागत सरायँ नाचको रौनक सुरु भएको छ । दसैं र तिहारसँगै प्युठानमा नाचिने सरायँ नाचले जिल्लामा छुट्टै महत्त्व र रौनकता दिने गर्दछ । यो सरायँ नाच विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ ।

सरायँ नाच एउटा खेल हो । पञ्चेबाजाको धुनमा खुकुरी, तरवार, घुँडा हातमा लिएर एकअर्काको ढाड जोडाउँदै युद्ध कौशलतामा खेल्ने चलन रहेको छ । ‘वाखै’ भन्दा छुट्टिने रतरवार, खुडा हातमा लिएर एक अर्काको ढाड जोडाउँदै युद्ध कौशलताप्रदर्सन गर्दै खेल्ने चलन रहेको छ ।

जिल्लामा दशैको एकादशीदेखि शुरु भएर तिहारपछिको पूर्णीमासम्म कोटघर, दुर्गाभगवतीका शक्तिपीठहरु सरायँको नाच खेल्ने गरिन्छ।

झिमरुक गाउँपालिका वडा नम्बर ६, चिसावाङ्गमा भएको द्वादशी मेलामा सरायँ नाच तथा स्थानीय कलाकारहरुको नृत्य तथा प्रस्तुति हेर्नेको घुइँचो लागेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुन, नेपाल पत्रकार महासंघ प्युठानका सचिब वासुदेव गिरी, झिमरुक गाउँपालिकाका कर्मचारी यामलाल पोख्रेल, चिरायु माबिका प्रधानाध्यापक सीता पोख्रेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

दशैटिकाको पस्सिपल्ट झिमरुकको चिसावाङ्गमा लाग्ने फुलबारी सरायँ नाच ऐतिहासिक महत्व रहिआएकोले मेलालाई थप व्यवस्थित ढंगबाट सञ्चालन गर्दै जानुपर्नेमा बोल्ने वक्ताहरुले जोड दिए । निकै अघि देखि संचालनमा आईरहेको फुलबारी सरायँ नाच केही समय कोरोना लगायतका कारणले रोकिएपनी युवाहरुको सक्रियता विगत ३ वर्ष अगाडिदेखि विविध कार्यक्रम सहित मेलालाई पुनः  सुरु गर्न थालिएको स्थानीय यामलाल पोख्रेलले जानकारी दिनुभयो ।

फुलबारी दशै द्वादशी मेला व्यवस्थापन समिति अध्यक्ष निकेश पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सरोज पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिब बिनोद पोख्रेलले रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय