सत्यराज सिंह बझाङ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले राष्ट्रको हितका लागि आन्तरिक एकताको आह्वान गर्नुभएको छ। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिशोध, पूर्वाग्रह, कुण्ठा, इर्ष्या, रिस र आपसी शत्रुता त्याग्दै देश र जनताको हितमा ठोस सोच र ठोस विश्लेषण गर्न सबैलाई आग्रह गर्नुभएको हो ।
महरले लेख्नुभएको छ, ´आजको आवश्यकता प्रतिशोध, पूर्वाग्रह, कुण्ठा, इर्ष्या, रिस र आपसी शत्रुता त्यागेर राष्ट्रका खातिर बृहद आन्तरिक एकता कायम गर्दै ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुपर्ने समय आएको छ।`
अहिलेको परिस्थितिमा दल, नेता र कार्यकर्ताबीच एकता र सहकार्यको भावना बलियो बनाउन आवश्यक रहेकाे र उनले व्यक्तिगत स्वार्थ, द्वेष र विभाजनकारी सोच राष्ट्रको प्रगतिको प्रमुख बाधक भएको उल्लेख गर्नुभयो ।
राष्ट्रको हित र जनताको अपेक्षा पूरा गर्न अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक सोच र एकताको वातावरण निर्माण अपरिहार्य रहेकाे उहाँकाे भनाई छ ।



S.K. Creative Media Group