महेश थापा
प्यूठान । प्यूठानीहरूको एकता मिलीजुली र सहकार्यको आवश्यकता भन्ने मूल नाराका साथ सन २००९ मा स्थापना गरिएको प्यूठान सेवा समाज दोहा कतारले स्थापना दिवशको अवसरमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
सस्थाले आफ्नो १६औ स्थापना दिवसको अवसरमा जिल्लामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अक्षयकोष स्थापनाको लागि झिम्रुक गाउँपालिका वडा नं २ मैदाना स्थित बाल ज्योति प्राथमिक विद्यालयलाई रकम सहयोग गरेको हो । अक्षयकोष स्थापनाको लागि एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ सस्थाका महासचिव टंक प्रसाद पोख्रेलले हस्तान्तरण गर्नु भएको थियो ।
प्यूठान जिल्लाबाट रोजगारीको सिलसिलामा कतारमा रहेका प्यूठानीहरुको समस्या समाधान गर्न भुमिका खेल्दै आएको समाजले नेपालमा भैपरी आएको समस्याहरूमा सहयोग गर्दै आइरहेको छ।
झिम्रुरुक गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण पोख्रेल प्रमुख अतिथि र सोही वडाका सदस्य बेगम पोख्रेलको सञ्चालन रहेको कार्यक्रममा प्यूठान सेवा समाज दोहा कतारका पूर्व कोषाध्यक्ष नवराज केसी, विद्यालयका अध्यक्ष गिता महतरा, विद्यालयका प्रधानाध्यापक तेजकला चुदाली एबम शिक्षक शिक्षिका, विद्यार्थीहरू, सबै अबिभावकहरुको उपस्थिति रहेको थियो ।
सो हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले आफ्नो देशमा रोजगारीको समस्याले घरपरिवार जिविकोपार्जनको लागि प्रवासमा रहेर पनि आफ्नो देश प्रति महत्वपूर्ण योगदान गर्नु भएकोमा प्यूठान सेवा समाज कतारका सबै टिमहरुलाई धन्यवाद दिनुभएको थियो ।




S.K. Creative Media Group