प्यूठान । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा तुकमानसिंह कार्की चयन हुनुभएको छ । शनिबार विजुवारमा सम्पन्न १८ औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
कार्य समितिको प्रथम उपाध्यक्ष लोकेन्द्र सुनार, दित्तिय उपाध्यक्ष माधव प्रसाद पराजुली, महिला उपाध्यक्ष निसा बैजाली, सचिव राजबाबु नेपाली, सहसचिव विन्दु परियार र कोषाध्यक्ष गणेश केसी चयन हुनुभएको छ ।
कार्य समिति सदस्यमा अर्जुन गन्दर्भ, बालाराम सोमै, टुकलाल न्यौपाने, निसा रोकामगर, मधु कार्की, कृष्ण विक्रम शाह र मुक्त जि.एम. रहनुभएको प्रतिष्ठानका सल्लाहकार भुवन सिंहले जानकारी दिनुभयो ।




S.K. Creative Media Group