प्यूठान । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाले ऐरावती गाउँपालिका १ मा दाङबाङ मा रहेको दाङवाङ माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका कक्षा नौ र दश मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको हो ।
सो अवसरमा बोल्दै बैंक शाखा प्रबन्धक श्रीधर पोख्रेलले वित्तिय साक्षरता कार्यक्रममा बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरु आदि विषयमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक तुलसीराम आचार्यले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयो । साथै निकट भबिस्यमा अन्य स्थानमा पनि वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।



S.K. Creative Media Group