काठमाण्डौ । मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको अहिलेको दरबन्दीमा ६८ वटा पद कटौती गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री कार्यालयमा भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंरचना सहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार छ सय ५० कायम गरेको छ । मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेकोे मन्त्री शर्माले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा गएको मङ्गलवार गर्नुभएको सम्बोधन बमोजिम प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिएको छ, ६८ वटा दरबन्दी कटौती भएको मन्त्री शर्माले बताउनुभयो ।”

प्रधानमन्त्री कार्यालय अन्तर्गतका ती दरबन्दीमा कार्यरत कर्मचारी अब अन्यन्त्र पदस्थापना हुने उहाँले बताउनुभयो । “प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन शुरु भएको छ, अब हामी सबै निकायमा त्यो लागू गर्छौँ”, मन्त्री शर्माले भन्नुभयो ।

तस्बिर: प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय