प्यूठान । ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । तीन बुँदे प्रतिवद्धता जाहेर गर्दै सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सुनुवाईबाट उठेका सवालहरुलाई समष्टिगत गर्दै टोल बिकास संस्थाहरुको क्षमता बिकासका गतिविधि गर्ने, कृषि अनुदान बितरणलाई प्रभाबकारी र उत्पादनमुखी बनाउने र एसईई परीक्षा सूधारका लागि सर्वपक्षिय जिम्मेवार भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइएको छ ।

सहभागीहरुले स्वास्थ्य, कृषि, खानेपानी, सिंचाई, पूर्वाधा निर्माण लगायतका विषय राखेका जिज्ञासा र प्रश्नहरुको गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरद गौतम लगायत विषयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य उपाध्यक्ष श्रेष्ठले राख्नुभएको थियो । घुम्ति रुपमा प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दै आएको पालिकाले यस पटक वडा नं. २ अन्तरगत पालिकाको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रमको सहजिकरण मल्लरानी मिडिया प्रा.लि.ले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय