प्यूठान । रास्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा शनिबार खलंगामा सप्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा साधारणसभा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सचिब पिताम्बर भण्डारीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । ३६० जना शेयर सदस्य रहेको सहकारीले १४९ जनालाई ४ करोड ५० लाख २७ हजार ४३२ रुपियाँ लगानी गरेको छ ।
३३ जनालाई आपतकालीन ५ लाख ९० हजार ६३२ रुपियाँ, घर निर्माण गर्न १८ जनालाई ७९ लाख ६६ हजार ३८८ रुपियाँ, ब्यापार गर्न १५ जनालाई ५२ लाख ८२ हजार ४५० रुपियाँ ऋण लगानी गरेको प्रतिबेदनमा उल्लेख छ । सहकारीले १२ जनालाई शैक्षिक कर्जा ५२ लाख ५० हजार ४४ रुपियाँ, घर खर्च ३४ जनालाई ८४ लाख ७ हजार ९१३, जग्गा खरिद ३४ जनालाई १ करोड ५५ लाख ३८ हजार ६७ रुपियाँ र ३ जनालाई कृषि कर्जा १९ लाख ९१ हजार ९३८ रुपियाँ रहेको छ ।

सहकारीले आगामी वर्ष बचत रकमको ब्याजदर ७ प्रतिशतबाट घटाएर ५ प्रतिशत र ऋण लगानीमा १२ प्रतिशत बाट घटाएर १० प्रतिशत कायम गर्ने, सहकारीको अध्ययन अबलोकन भ्रमण, शेयर सदस्य संख्या बढाएर ४ सय पुर्याउने, मल्लरानी बाहेकका ८ पालिकामा अन्तरक्रिया गर्ने, सहकारी शिक्षा कार्यक्रम संचालन गर्ने लगायतका योजना बनाएको छ । त्यसैगरी बहुउद्देश्यीयको मर्म अनुसार कार्यक्रम संचालन गर्न सम्भाब्यता अध्ययन, कानुनी मान्यता र विश्लेषण प्रतिबेदन तयार गर्न हरि पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । शेयर सदस्यलाई उपचारमा सहुलियत प्रदान गर्न दल बहादुर केसीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ ।
साधारणसभामा कोषाध्यक्ष सित्तल आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदन अनुसार आर्थिक वर्ष ०८१।०८२ मा ५७ लाख ८५ हजार ८५३ रुपियाँको आयब्यय विवरण रहेको छ । ०८२।०८३ का लागि ६४ लाख ३३ हजार ५ सय रुपियाँको अनुमानित आय ब्यय विवरण प्रस्तुत गरिएको छ ।
संस्थाका अध्यक्ष गोपाल प्रसाद नकर्मीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य हरि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टेकनारायण पोख्रेल र संचालन सचिब पिताम्बर भण्डारीले गर्नुभएको थियो ।



S.K. Creative Media Group