झिमरुक । झिमरुक गाउँपालिका-३ मा भलिबल प्रतियोगिता सुरुब्भएको छ । वडा कार्यालयको आयोजनामा सुरु भएको टोल स्तरिय भलिबल प्रतियोगिताको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभएको हो ।
खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले प्रतियोगिताले खेलाडीको उज्ववल भविष्य सँगै खेल संस्कृतिको बिकास गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले युवायुवतीलाई खेलकुदमा जोड्न सकेमात्र खेलकुदको विकास सँगसँगै युवायुवतीको समृद्धिको आधार बन्न सक्ने बताउनुभयो । वडा तहमा खेलाडी उत्पादन गर्न तथा पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न यो खेलकुद प्रतियोगिता फलदायी हुने उहाँले बताउनुभयो।
उहाँले खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा स्थानीय सरकारले चासो बढाएको पनि स्पष्ट पार्नुभयो । साथै उहाँले सबै प्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति स्थानीय सरकारले लिएको जानकारी उहाँले दिनुभयो ।
प्रतियोगिता दुइ दिन सम्म चल्नेछ । प्रतियोगितामा नौ टिमको सहभागीता रहेको छ ।



S.K. Creative Media Group