काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले बलात्कार आरोपको मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंले आज लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै सजायको आदेश दिएको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरिएको छ ।
उक्त व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन । सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।