प्यूठान । राष्ट्रिय जनमोर्चा प्यूठानले ५ सय ५५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । बिहीवार सम्पन्न जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाले ज्ञामुराम न्यौपानेको नेतृत्वमा उक्त समिति गठन गरेको हो ।

भेलामा नेकपा (मसाल) महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

भेलामा प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तिलक जीसीले आफ्नो उम्मेदवारी बारेमा उपस्थित कार्यकर्तालाई प्रष्ट पार्नुभएको थियो । उहाँले देशमा व्याप्त भ्रष्टाचार र अनियमितता रोक्नको लागि राष्ट्रिय जनमोर्चाका अनुशासित उम्मेदवारलाई विजय गराउन अनुरोध गर्नुभयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय