दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीबीच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना तयार भइसकेको उल्लेख गर्दै शान्ति सुरक्षाको व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अति संवेदनशील मानिएका क्षेत्रमा थप ध्यान पुग्ने नै छ । नागरिकहरूको साथ र सहकार्य लिएर निर्वाचन सुरक्षालाई अझ सुदृढ बनाउन आवश्यक छ ।’
भेटमा प्रहरी नायब महानिरीक्षक खत्रीले निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो । उहाँले शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रहरीको सक्रियता बढाइएको र सबै सुरक्षा निकायबीच समन्वयका साथ काम भइरहेको बताउनुभयो ।



S.K. Creative Media Group