प्यूठान । उम्मेदवार सहित दोश्रो चरणको चुनावी कार्यक्रम संचालन गरिरहेको एमाले प्यूठानले बुधवार स्वर्गद्वारी नगरपालिकाका बिभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नम्बर ६ को बेलबास र वडा नम्बर ७ को तापामा चुनावी भेटघाट कार्यक्रम भएको निर्वाचन परिचालन कमिटीका संयोजक एवं जिल्ला अध्यक्ष बिजयबिराज बिष्टले जानकारी दिनुभयो ।
मतदाताहरुसँग प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुर्य थापाले भेटघाटसँगै साक्षात्कार गर्नुभएको छ । आफ्नो कार्यकालमा भएका कामको फेरिस्त बताउदै उहाँले आगामी योजना बारे सुनाउनु भएको छ । भेटका क्रममा स्थानीयले यहाँको आवश्यकताका बारेमा ध्यानाकर्षण गराउदौ अघि बढेका कामहरु सम्पन्न गर्नका लागि पुन: निर्वाचित हुनुपर्नेमा जोड दिएका छ्न ।

भेटका क्रममा उम्मेदवार थापाले अग्रज व्यक्तिहरुसङ्ग भेटघाट गर्दै आशिर्वाद लिनुभयो ।

राजमो परित्याग गरि एमाले प्रबेश
स्वर्गद्वारी नगरपालिका-६ बेलबासका सेर बहादुर पुन राष्ट्रिय जनमोर्चा परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमालेका केन्द्रिय सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले पार्टीको संगठित सदस्यता प्रदान गरि स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय