बाँके । बास नेपालको आयोजनामा सूचनाको हक सम्वन्धि दुई दिने तालिम आईतवार देखि शुरु भएको छ । अनलाईनका माध्यमबाट उक्त तालिम शूरु भएको हो ।
बास नेपालका पदाधिकारी, प्रदेश, शाखा, उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरुका लागि आयोजना गरिएको उक्त तालिम राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाको प्रमुख प्रशिक्षण रहेको छ ।
बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजिकरण गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा तालिमको उद्धेश्यबारे जानकारी गराउनुभएको थियो ।
तालिममा प्रशिक्षण दिदै प्रमुख प्रशिक्षक पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक लोकतन्त्रको बायुप्राण भएको उल्लेख गर्दै सूचनाको हक प्रबद्र्धन, प्रचलनले मुलुकको सुशासन बहालीमा योगदान पुग्ने बताउनुभयो ।
तालिममा ३० बढि बास नेपालका प्रतिनिधिहरु सहभागि छन्, तालिम सोमबार सम्म सञ्चालन हुनेछ ।



S.K. Creative Media Group