प्यूठान । २०७३ सालदेखी प्यूठानमा सञ्चालनमा आएको नमस्ते प्यूठान यातायात सेवा प्रा.लि.ले नयाँ एसि सस्पेन्सन बस थप्न लागेको छ । एसि र सस्पेन्सन सुविधा सहितका नयाँ पाँच वटा बस ल्याउन लागिएको समितिले जनाएको छ ।
प्यूठानबाट लामोदुरीमा संचालनमा आउने नयाँ एसि सस्पेन्सन बसले यात्रुलाई सुविधा प्रदान गर्ने समितिका महासचिव मुकेश थापाले जानकारी दिनुभयो । शुरुमा संचालनमा ल्याइएका पुराना गाडी हटाएर नयाँ मोडेलका बस ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।
नयाँ वर्ष २०८३ सँगै उक्त बसहरु सञ्चालनमा ल्याउने समितिको तयारी छ । समयानुकुल सेवालाई थप गुणस्तरीय र प्रविधियुक्त सेवा दिन समिति सदैव प्रतिवद्ध रहेको समितिका अध्यक्ष लिलाप सिंह केसीले बताउनुभयो ।
जिल्लाका आन्तरिक र बाह्य रुटमा समितिले १५० बढि साना ठूला सवारी साधनबाट सेवा दिइरहेको समितिका सचिव तथा कार्यकारी निर्देशक दिलबहादुर दसौदीले जानकारी दिनुभयो । समितिमा आवद्ध भई करिव ५०० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको उहाँले बताउनुभयो ।



S.K. Creative Media Group