प्यूठान । अर्घाखाँचीबाट २०७९ मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका राजन नेपालीले प्यूठानमा एमालेबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार सूर्य थापालाई साथ दिनुभएको छ । सोमवार नेपालीले उम्मेदवार थापालाई भेटेर चुनाबमा सघाउने बताउनुभयो।

मल्लरानी गाउँपालिका-४,प्यूठानमा जन्मनुभएको नेपाली यसअघि बसाइसरेर अर्घाखाँची जानुभएको थियो । उहाँ अहिले आफ्नौ पुख्र्यौली थलोमै फर्किएर बसोबास गर्नुभएको छ । नेपाली विभिन्न समाजिक संघ, संस्था, दलित समुदायको हक हित र अधिकारको पक्षमा क्रियाशिल रहदै आउनुभएको छ।

मुलुकको समग्र हित र राष्ट्रियताको रक्षाको निम्ति थापालाई जिताउनु अपरिहार्य रहेको नेपालीले प्रतिक्रिया दिनुभयो । नेपालीलाई थापाले बाग्दुलामा स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय